नेपाल राष्ट्र बैंकले देशको पूँजी बजारलाई समेत उत्साहित पार्दै नयाँ आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।

गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार आफ्नै कार्य कक्षबाट नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारण मार्फत सार्वजनिक गरेको मौद्रिक नीति कोरोनाबाट प्रभावित उद्योग ब्यवसायलाई राहत दिनुका साथै बैंक तथा बित्तीय संस्थालाई लगानीको सहज वातावरण निर्माणमा केन्द्रित रहेको छ ।

शेयर धितो कर्जाको सिमा ६५ प्रतिशतबाट ७० प्रतिशत पुर्याउने र १८० दिनको औसत मूल्य वा अघिल्लो दिनको कारोबारको मुल्य मध्ये जुन कम हुन्छ त्यसैको आधारमा कर्जा प्राप्त हुने ब्यवस्थामा परिवर्तन गरी १२० दिन कायम हुन्ु मौद्रिक नीतिले शेयर लगानीकर्तालाई दिएको सबैभन्दा ठूलो राहत हो । नयाँ कर्जा लिनेहरुले यो सुविधाबाट धेरै फाईदा लिनसक्ने छन्, जसले शेयर बजारलाई थप चलायमान बनाउँन भुमिका खेल्न सक्छ ।

त्यसैगरी कर्जा नविकरण र म्याद थपको ब्यवस्थाले लगानीकर्ता लगायतका ऋणीहरुलाई थप राहत दिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here