केही संचार माध्यमहरुले नेपाल राष्ट्र बैंकले पूर्व राजाहरुको फोटो भएका नोटहरु प्रतिबन्ध लगायो भन्ने अफवाह फैलिने गरी समाचार प्रबाह गरेपछि सर्बसाधारणमा अन्योल पैदा भएको छ । कतिपयले सामाजिक संजालमा वर्तमान सरकारले पूर्व राजाको फोटो भएकै कारण त्यस्ता नोटहरु नचल्ने बनाएर तानाशाही प्रदर्शन गरेको भन्नेसम्मका टिप्पणी गरेका छन् र सर्बसाधारणहरुमा भडकावको अबस्था पैदा भएको छ ।

यो हो वास्तविकता

राष्ट्र बैंकले जेठ ११ गते बैंक तथा बित्तीय संस्थाहरुका लागि जारी गरेको परिपत्रको गलत ब्याख्या गरेर बजारमा हल्ला चलाईएको छ । परिपत्रको बुँदा नम्बर ७ मा च्यातिएको, झुत्रा परेको, गलेको, मक्किएको, करेमेट भएको नोटसँगै पूर्व राजाका फोटो भएका नोटहरु बैंक तथा बित्तीय संस्थाहरुले पुनः निश्काशन अयोग्य नोटमा बर्गीकरण गरी चलन चल्तीका लागि बजारमा नपठाउने र राष्ट्र बैंकमा फिर्ता गर्ने भनिएको छ ।

हेर्नुहोस् परिपत्रको यो अंश

सो निर्देशनमा कतै पनि पूर्व राजाको फोटो भएको नोटलाई सर्बसाधारणले प्रयोग गर्न नपाउने भनिएको छैन । सर्बसाधारणले एक आपसमा कारोबार गर्न र बैंकमा सहटी गर्न मज्जाले पाउँछन् ।

राष्ट्र बैंकले नोटहरुको ब्यवस्थापन गर्न बेला बेलामा यस्ता निर्देशनहरु दिने गरेको छ । त्रुटी देखिएका, झुत्रिएका वा पुनः प्रयोग गर्न नमिल्ने नोटहरु बजारबाट खिच्ने, धुल्याउने र नयाँ नोट बजारमा पठाउने उसको निर्धारित काम नै हो । तर यही बेला अरु काम नलाग्ने खालका नोटहरुसँग पूर्व राजाका फोटो भएका नोटहरुलाई पुनः बजारमा नपठाउने भन्ने निर्देशनले सर्बसाधारणमा अन्योल सिर्जना गर्न खोज्नेहरुले खेल्ने मौका पाए । अहिलेको संबेदनशील समयमा पूर्व राजाका फोटो भएका सही सलामतका नोटहरुलाई फेरि बजारमा जान दिँदा पनि केही फरक पर्ने थिएन, यसमा राष्ट्र बैंकको कमजोरी भयो र त्यही बिषयले अन्योल सिर्जना गर्यो ।

राष्ट्र बैंकले गरेको परिपत्रको पुरा विवरण यहाँ हेर्नुहोस्

सफा नोट नीति कार्यान्वयन परिपत्र

नेपाल सरकार र राष्ट्र बैंकमा परिस्थितिको गांभिर्यता नदेखिएकै ठहर्छ । अहिलेको संकटपूर्ण अबस्थामा पूर्व राजाहरुको फोटो भएकै कारण राम्रा नोटलाई पनि चलन चल्तीबाट खिच्ने काम नगरेको भए हुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here