गत पुस ३ गते सम्ममा आफ्नो हितग्राही खाता अपडेट गरेका शेयरधनीहरुको खातामा पोखरा फाइनान्सको नगद लाभांश आएको छ ।

गत पुस १८ गते सम्पन्न कम्पनीको २३औं बार्षिक साधारणसभाबाट पारित भएको ७.२० प्रतिशत (कर प्रयोजन सहित) बराबरको रकम शेयरधनीहरुको बैंक खातामा आएको हो ।

साधारणसभाले ७ प्रशितशत बोनस शेयर र ७.२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।

साधारणसभा प्रयोजनार्थ गत पुस ४ गतेदेखि बुक क्लोज भएसँगै उक्त ७ प्रतिशत बोनस शेयरमा भने प्रतिकित्ता १३७ रुपैयाँका दरले मुल्य समायोजन भएको छ ।

कम्पनीका शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here