प्राइम कमर्सियल बैंकले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

आगामी जेठ २६ गते प्रज्ञा भवन काठमाडौंमा हुने साधारण सभाका लागि बैंकले भोलि जेठ ९ गतेदेखि बुकक्लोज तोकेकाले आज दिनभर शेयर खरिद गर्नेहरु प्रस्तावित बोनसका लागि योग्य हुनेछन् ।

 

साधारण सभाबाट पारित हुने १६ प्रतिशत बोनस शेयर समायोजन पछि प्राइम बैंकको चुक्ता पूंजी ९ अर्ब ३१ करोड ८६ लाख बढी पुग्ने छ । यस्तै साधारण सभाबाट बैंकले अधिकृत पूंजी बढाएर २० अर्ब बनाउने प्रस्ताव पनि पारित गर्ने छ भने संस्थापकबाट ३ जना र सर्वसाधारणबाट २ जना गरी ५ जना संचालक पनि चयन गर्ने छ ।

ओम डेभलपमेन्ट बैंकसंग मर्जर भाँडिएपछि ३ महिनाभित्र अरु कुनै वित्तीय संस्थासंग मर्जमा जान राष्ट्रबैंकको दबावमा रहेको प्राइम बैंको साधारण सभाले मर्जर वा प्राप्तीका लागि संचालक समितिलाई अधिकार दिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here