पोखराको ओम डेभलपमेन्ट बैंकलाई एक्वाएर गर्ने सम्झौता तोडेको प्राईम कमर्शियल बैंकले आगामी जेठ २६ गते एघारौं बार्षिक साधारणसभा आब्हान गरेको छ ।

प्राइम कमर्शियल बैंकले ओम डेभलोपमेन्ट बैंकलाई एक्वाएर गर्ने सम्झैता गरेपनि दुबै बैंकको शेयर आदान प्रदान अनुपात र कर्मचारी मिलानमा समस्या भएपछि बहानाबाजी गर्दै एक अर्कासँग टाढिएका थिए । विलयको विलम्ब हुँदा ओमको शेयर कारोबार ६ महिनादेखि अबरुद्ध छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले जेठ ९ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्ने भएकाले जेठ ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन पाउनेछन ।

ओम प्राईमसँग विलिन हुने भन्दै विगत ६ महिनादेखि दुबै बैंकले नियमति साधारणसभाको निर्णय नगर्दा शेयरधनीले लाभांश पाउन सकेका थिएनन् ।

प्राइमको हाल चुक्ता पूँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले एक अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here