प्रिमियर इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रोे त्रैमासमा खुद नाफा बढाएर वित्तिय विवरण सार्बजानिक गरेको छ ।

इन्स्योरेन्सले गत बर्षको तुलनामा खुद नाफा १२.५७ प्रतिशतले बढाएर १५ करोड ३ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । उसले गत बर्षको यसै अवधिमा १३ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद बिमा शुल्क भने घटेको छ । गत बर्षको तेस्रो त्रैमासमा ६२ करोड १४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक बर्षको सोहि अवधिमा ६० करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशन आयबाट १५ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ भने लगानी कर्जा तथा अन्य आयबाट ६ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको छ।

चालु आर्थिक बर्षको ९ महिनाको अवधिमा कम्पनीले एक अर्ब २१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने ४ हजार ८९१ दाबी संख्या बापत ७३ करोड ६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले छ हजार २२३ दाबी संख्याबापत ९६ करोड ३९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

५८ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले जगेडा कोषमा ६४ करोड १९ लाख रुपैयाँ राखेको छ  । गत बर्ष कम्पनीको जगेडा कोषमा ७० करोड ४५ लाख रुपैयाँ सञ्चित थियो । कम्पनीले बीमा कोषको आकार ४३ करोड ४२ लाख रुपैयाँबाट ४७ करोड ८८ लाख रुपैयाँ पुर्याएको छ भने महाविपत्ती कोषमा ४ करोड ३८ लाख रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ३२ पैसा छ भने प्रतिशेयर नेटवर्थ २९९ रुपैयाँ ४३ पैसा र मूल्यआम्दानी ३१.७० गुणा बढि छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here