प्रुडेन्सियल ईन्स्योरेन्सको  ६० प्रतिशत हकप्रद शेयरमा फागुन १८ गतेबाट आबेदन खुलेको छ ।

कम्पनीले १०ः६ को अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्कासन तथा बिक्रि खुला गरेको हो ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनार्थ माघ २७ गते बुकक्लोज गरेको थियो । त्यो भन्दा अगाडि शेयर धारण गरेकाहरुले हकप्रदमा आबेदन गर्न सक्नेछन् ।

हकप्रदलाई इक्रा नेपालले आईपिओ ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ ।

हाल कम्पनीकाने चुक्ता पूँजी ६४ करोड १५ लाख रहेको छ भन हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।
इन्स्योरेन्सको हकप्रदमा चैत २३ गतेसम्म आवेदन गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here