फाईनान्स कम्पनीहरुले बिक्रीमा ल्याएका ऋणपत्रहरु किन्न लगानीकर्ताले हारालुछ गर्दा बाणिज्य बैंकहरुले बिक्रीमा ल्याएका ऋण पत्र भने छोटो समयमा नबिकेर समय थप्नु परेको छ ।

फाईनान्सहरुले १२ प्रतिशत ब्याज दरमा ऋण पत्र बिक्रीमा ल्याएको र संख्या समेत थोरै भएकाले अधिक मागका साथ बिक्री भएको हो भने बाणिज्य बैंकहरुले अधिकतम १०.३५ प्रतिशतसम्म ब्याज दिनुका साथै संख्या समेत अधिक भएकाल पुरैे बिक्न समस्या भएको हो ।

१ करोड रुपैयाँ बराबरको १ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरेको गुडबिल फाइनान्सको ऋणपत्रमा १ हजार २३ जना आवेदकबाट ३१ करोड ४२ लाख ५१ हजार रुपैयाँ बराबरको आवेदन परेको बेला नबिल बैंकको ऋणपत्र भने नबिकेर समय लम्ब्याएको छ ।

लगानीकर्ताले नबिल बैंकको डिबेन्चरमा यसअघि छिटोमा चैत ५ गतेसम्म आवेदन बन्द हुने गरि निष्काशन भएको उक्त ऋणपत्रमा अब ढिलो समय अर्थात चैत १६ गतेसम्म आवेदन दिन सकिनेछ।

चैत २ गतेदेखि आइतबारदेखि सर्वसाधारणका लागि एक हजार रुपैयाँ अंकित दरमा ८ लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको थियो। तर सबै बिक्री नभएपश्चात लामो अवधिसम्मका लागि आवेदन समय लम्ब्याएको हो

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

उक्त  ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी एल डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ। ७ वर्ष अवधिको उक्त बैंकले ऋणपत्रमा बार्षिक १० प्रतिशत ब्याजदर प्रदान गर्नेछ  ।

कूल दुई अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र जारी गरेकोमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरेर बाँकी ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो।

सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।नाएको छ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here