बिकास बैंकहरुमा सबैभन्दा राम्रो मानिएको मुक्तिनाथ बिकास बैंकले गत बर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताब गरेको छ ।

मुक्तिनाथले गत बर्षको वितरयोग्य मुनाफाबाट १८.५३ प्रतिशत लाभांश घोषणा गरेकोमा १७.६० प्रतिशत बोनस शेयर हो भने बाँकी ०.९३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश हो । गत बर्ष २८ रुपैयाँ प्रतिशेयर आम्दानी गरेकोमा यसमा बैंकले हालै बिक्रीमा ल्याएको २० प्रतिशत हकप्रद किन्नेले पनि लाभ प्राप्त गर्ने हुँदा बोनसको मात्रा कम हुन गएको हो ।

मुक्तिनाथ खराब कर्जा सबैभन्दा कम अर्थात ०.७ प्रतिशतमा सिमिति राखेर विपन्न बर्गमा ३० प्रतिशत भन्दा बढी कर्जा प्रबाह गर्नुका साथै कारोबार बढाउँदै लगेको बैंक हो, जसको चुक्ता पूँजी राष्ट्रियस्तरका अन्य बिकास बैंकको तुलनामा धेरै माथि अर्थात चार अर्ब ३२ करोड नाघ्दै छ ।

राष्ट्र बैंकबाट लाभांश प्रस्ताब स्वीकृत भएमा मुक्तिनाथले साधारणसभा डाक्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here