गत माघ महिनाको अन्तिम समयतिर नेपाल धितोपत्र बोर्डले छ वटा शेयर दलालहरुको नाम सम्बोधन गरी काटेको एउटा गोप्य पत्र शेयरलगानी डटकमका प्रतिनिधिले देख्यो । पत्रमा सम्पति शुद्धिकरण विभागबाट माग भएको भन्दै  बिशाल समूहमा आबद्ध ब्यवसायीहरुको शेयर कारोबारको सम्पूर्ण विवरण उपलब्ध गराउन भनिएको थियो ।

शेयर दलाल नम्बर ४९, ५८, ५६, ४२, ६ र ३८ को नाम उल्लेख गरी धितोपत्र बोर्डले पठाएको पत्रमा २० जना अग्रवालहरुको नाम थियो, जसमा ३ नम्बर र १७ नम्बरमा फरक फरक तीन पुस्तेसहित बिशाल अग्रवाल भनेर लेखिएको थियो ।

पत्रमा ती अग्रवालहरुको नामबाट भए गरेका सम्पूर्ण कारोबार र बाँकी बक्यौताहरुको विवरण पनि समाबेश गरेर पठाउँन भनिएको थियो ।

धितोपत्र बजारमा लगानी गरिरहेका अरु लगानीकर्ताको कुनै प्रसंग नै उल्लेख नगरी किन बिशाल समूहमा आबद्ध भएकाहरुको मात्र विवरण मागियो भन्नेमा शंका उब्जिनु स्वभाविक थियो । यसका बारेमा शेयर लगानी डटकमले प्रश्न गर्दा धितोपत्र बोर्डका अधिकारीले थाहा नभएको जवाफ दिएका थिए ।

सम्पति शुद्धिकरण अनुसनधान विभाग प्रधानमन्त्री मातहत भएकाले यस्तो पत्र शेयर दलालहरुलाई लेखेर विवरण झिकाउनु अघि अर्थमन्त्रीको सहमति नभई संभवै थिएन किनभने अहिले प्रधानमन्त्रीका सबैभन्दा नजिकका सल्लाहकार र सहयोगी खतिवडा नै हुन् ।

बिशाल समूहलाई मात्र लक्षित गरेर यस्तो पत्र काटिनुको कारण अनुमान लगाउन गाह्रो थिएन किनभने बिशाल समूहका कयौं सदस्य पहिलेदेखि नै अर्थमन्त्री खतिवडाको मन्त्रालयस्थित च्याम्बरमा दिनहुँ पुग्थे र गफिदै बस्थे भन्ने जाहेर भएकै कुरा हो ।

सम्पति शुद्धिकरणले धितोपत्र बोर्डबाट विवरण मगाएर अनुसन्धान पुरा गरी बिशाल समूहलाई कुनै कारबाही गरेको विवरण अहिलेसम्म सार्वजनिक भएको छैन । यसपालिको बजेटसँगै सार्वजनिक भएका घटनाक्रमले पनि सो कदम बिशाल समुहको बदमासी पत्ता लगाएर कारबाही हैन, चोख्याउन थियो भन्ने नाटकको पटाक्षेप भएको छ ।

अर्थमन्त्री खतिवडाले बिशाल समूहकै ब्यवसायिक लाभका लागि काम गरेको आरोप यसपल्टको बजेट अघि र पछिका गतिविधि हेर्नेहरुले लगाईरहेका छन् । ईलेक्ट्रिक गाडी होस् वा चकलेटको भन्सार शुल्कसम्बन्धी कुराहरुले खतिवडाको नियतमा प्रश्न उठाउनेहरु अगाडि आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here