पुनर्बिमा कम्पनीले एक अर्ब ६० करोडको प्राथमिक शेयर बिक्रीमा ल्याउने अन्तिम तयारी भईरहेको बेला अरु १३ वटा बीमा कम्पनीहरु पनि शेयर बेच्न धितोपत्र बोर्डको ढोका ढक्ढक्याउँने सुरमा छन् ।

दोस्रो बजारमा बीमा कम्पनीहरुको शेयर मूल्यमा तीब्र गिरावटको अबस्था रहिरहेको बेला नयाँ कम्पनीहरुले गर्ने थप आपुर्तिले बजारलाई झन् संकटग्रस्त बनाईदिने खतरा छ ।

शेयर प्रत्याुभत गर्ने संस्थाहरुको क्षमता बृद्धि र बुक बिल्डिड. प्रणालीको कार्यान्वयन नभई नयाँ कम्पनीहरुको आईपीओ ल्याउन दिईए अहिलेको शेयर बजारका लगानीकर्ता झन् प्रताडित हुने संभावना छ । बुक बिल्डिड. प्रणालीले कम्पनीको आईपीओको मूल्य निर्धारण र संस्थागत लगानीकर्तामा त्यसको खपत गराउने हुँदा दोस्रो बजारमा ठूलो भार कम हुन्छ ।

बिगतमा मूल्य उच्च रहेको बेला बीमाको शेयरमा लगानी गरेका लगानीकर्ताहरु नराम्रोसँग फसेको अबस्था हेर्दा नयाँ कम्पनीहरुको आईपीओको बाढीले पुनः उनीहरुलाई नै मार पार्ने निश्चित छ ।

केही समय अघि ३ हजार रुपैयाँ प्रतिकित्तामा बीमाको शेयर किनेकाहरुले अहिले आफ्नो शेयरको भाउ २ सुय रुपैयाँमा झर्दा छाँगाबाट खसे जस्तै भएका छन् भने नयाँ कम्पनीहरुको आईपीओले उनीहरुको घाउमा झन् नून चुक दले जस्तो हुनेछ ।

बीमाको शेयर धारण नगरेका र नयाँ लगानीकर्ताहरुका लागि नयाँ कम्पनीहरुको आईपीओ अवसरको रुपमा रहने कुरालाई सकारात्मक मान्नुपर्छ तर जुन बीमाको शेयर किने पनि उही हो भन्ने खालका अल्पज्ञानी लगानीकर्ताहरु हाबी रहेको बजारमा राम्रा कम्पनीहरुको शेयर सस्तिदा पुरै सूचकमा पर्ने भारले शेयर बजारमै प्रतिकुल असर पर्नसक्छ । अहिले कारोबारमा रहेका बीमा कम्पनीका शेयर बेचेर नयाँ आउने कम्पनीको आईपीओमा पैसा हाल्न खोज्नेहरु पनि होलान् किनभने पुनर्बिमा कम्पनीको आईपीओमा तीन लाख जनाले आबेदन गरे पनि सजिलै ५० कित्ता हात लाग्ने अबस्था छ । यस अबस्थामा माग र आपुर्तिको सन्तुलन मिल्न नसक्दा हुने क्षति भोग्नुपर्ने आखिरमा शेयर बजारले नै हो । उसै त बजारमा अधिक आपुर्तिको समस्या र लगानीकर्ताहरु चरम निराशाको अबस्थामा छन् ।

बजारमा बीमा कम्पनीहरुको नौ अर्ब भन्दा बढीको शेयर बिक्रीमा आउने कुराले आपुर्तिलाई अझ मजबुत पार्ने छ । त्यसबाट उत्पन्न हुने समस्या समस्या समाधान गर्न माग पक्षलाई बलियो बनाउने दायित्व नियमनकारी निकायको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here