शेयर बजारमा बाणिज्य बैंकको शेयरको लाखौं कित्ता किनबेच हुनथाल्दा कारोबार रकम बढ्दै गएको देखिएको छ ।

फागुन १४ गते बिहीबार सर्वाधिक संख्यामा शेयर कारोबार हुने १० कम्पनीमा सबै बाणिज्य बैंक रहे ।

स्रोतः नेप्से

अरु कम्पनीको शेयरको मूल्य धेरै बढेपछि बाणिज्य बैंकहरुमा पनि खरिद चाप आउँदा शेयर कारोबार धेरै भएको हो तर बाणिज्य बैंकको शेयरको आपुर्ति धेरै रहेकाले मूल्य बढ्न भने ठूलो रकम प्रवाह हुनुपर्ने देखिएको छ ।

प्रभु बैंकको चार लाख २३ हजार कित्ता किनबेच हुँदा मूल्य जम्मा ७ रुपैयाँ बढ्यो भने सिभिल बैंकको ४ लाख २४ हजार कारोबार हुँदा मूल्य पाँच रुपैयाँ बढ्यो ।

त्यस्तै कुमारी बैंककोचार लाख १० हजार कित्ता कारोबार हुँदा मूल्य प्रतिकित्ता १२ रुपैयाँ बढ्यो ।

चार वटा बाणिज्य बैंकको शेयर मूल्यमा सर्किट लागेर बढ्यो । एक लाख २७ हजार कित्ता मात्र शेयर कारोबार भएको एभरेष्ट बैंकको शेयर मूल्य ८० रुपैयाँ, ८१ हजार कित्ता कारोबार भएको एसबीआईकोमा ४९ रुपैयाँ, ४९ हजार कित्ता कारोबार भएको हिमालयनकोमा ६३ रुपैयाँ र एक लाख ६७ हजार कित्ता कारोबार भएको नबिलको ८५ रुपैयाँ बढ्यो ।

यसरी हेर्दा कम्पनीको आधारभुत अबस्था र शेयर आपुर्तिले शेयर मूल्य बढाईमा धेरै फरक पारेको देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here