अर्थमन्त्री डा. युवराज खतिवडाले बैक तथा बित्तीय संस्थाहरुका अहिले देखिएको तरलता अभाव उच्च आर्थिक बृद्धिदरको संकेत भएको बताएका छन् ।

दोस्रो अन्र्तराष्ट्रिय लघुवित्त सम्मेलनको समापनको अवसरमा राजधानीमा आईतबार भाषण गर्दै अर्थमन्त्री खतिवडाले “बच्चाको दाँत आउने बेलामा पखाला लागेको जस्तै अहिलेको तरलता समस्या पनि आर्थिक वृद्धि हुन लागेको सङ्केत हो ।” भन्नुभयो ।

अर्थमन्त्री डा खतिवडाले आफ्नो अभिब्यक्तिलाई पुष्टि गर्न थप ब्याख्या पनि गरे । उनले भने, काम हुन थालेपछि चारैतिरबाट पैसाको माग आउँछ र अभाव हुन थाल्छ, अहिलेको अवस्था पनि यस्तै भएको हो ।

दोस्रो अन्तर्राष्ट्रिय लघुवित्त सम्मेलन १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

घोषणापत्रमा लघुवित्तको पहुँच विस्तारमा अघि बढ्नुपर्ने, स्वास्थ्य तथा कर्जा बीमा कार्यान्वयनमा बीमा प्रदायक संस्थासँग समन्वय गर्ने, सदस्यलाई ऋणको भार पर्न नदिने गरी कर्जा प्रवाह गर्नुपर्ने, लघुवित्तले जीवनस्तरमा पारेको प्रभाव मापन गरी स्तरवृद्धि मापन कार्ड प्रदान गर्ने कुराहरु समेटिएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here