बाणिज्य बैंकहरुले निक्षेप र कर्जाको ब्याज दर बैसाख १ गतेबाट लागू हुने गरी एकसाथ घटाएका छन् । बैंकहरुले आफुहरुबीचको भद्र सहमति अनुसार राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरी ब्याज दर घटाएका हुन् ।

सिद्दार्थ बैंकले बचत खातामा ४.७५ प्रतिशतदेखि ५.५ प्रतिशतसम्म ब्याज दिने सूचना जारी गरेको ट भने ब्यक्तिगत मुदतीमा ८.२५ र संस्थागत निक्षेपमा ७.१० प्रतिशतसम्म ब्याज तोकेको छ । उसको आधार ब्याज दर १०.०४ रहेकाले त्यसमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा वितरण हुने उल्लेख गरेको छ ।

प्रभु बैंकले बचतमा ३.५ देखि ५.५ प्रतिशतसम्मको ब्याज तोक्दै मुदतीमा ब्यक्तिगततर्फ ८.२५ र संसथागततर्फ ७.१० लाई नै आधार बनाएको छ । उसको आधार दर ९.४७ रहेको त्यसमा ५ प्रतिशतसम्म प्रिमियम जोडर कर्जा प्रबाह गर्नसक्छ ।

सनराईज बैंकले साधारण बचतमा ३.५ देखि ५.५ सम्मको ब्याज दर तोकेर मुद्धतीतर्फ ७ देखि ८.२५ सम्म ब्याज दिने जनाएको छ भने कर्जातर्फ आधार आधार दर १०.६ मा ५ प्रतिशतसम्म जोडेर कर्जा प्रबाह गर्न सकिने सूचना जारी गरेको छ ।
मेगा बैंकले साधारणबचत खातामा ४ देखि ५.५ प्रतिशत सम्म ब्याज दर तोकेको छ भने मुद्धतीतर्फ अरु बैंकको जस्तै दर छ । कर्जातर्फ भने आधार दर ९.९६ मा ४ देखि ५ प्रतिशतसम्म जोडेर असुल्नसक्छ ।

माछापुच्छ्रे बैंकले ४ देखि ५.५ प्रतिशतसम्म बचतको ब्याज दर तोकेकोमा मुद्धतीको भने ब्यक्तिगततर्फ ८ देखि ८.२५ र संसथगततर्फ ७.१० सम्म ब्याज दिनसक्छ । उसले आधार ब्याज दर नखुलाई त्यसमा ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिनसक्छ । उसले बैसाखको आधार ब्याज दरमा जेठ १ गते कर्जाको ब्याज दर समायोजन गर्ने जनाएको छ ।

सिटिजन्स बैंकले भने अधिकांश साधारण बचतको ब्याज दर चार प्रतिशतमा झारेर संस्थागततर्फ अरु बैंक सरह गरेको छ । कर्जातर्फ भने आधार ब्याज दर १०.३५ मा १ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर प्रबाह गर्नसक्छ । सिटिजन्सले पनि बैसाखकै आधार दरमा कर्जाको ब्याज समाायोजन गर्ने भएको छ ।

एनसीसी बैंकले भने सबै साधारण बचतमा ५.५ प्रतिशत नै ब्याज प्रदान गर्ने, मुद्धती निक्षेपको हकमा अरु बैंक सरह गर्ने, आधार दर १०.५८ मा २ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रबाह गर्ने उल्लेख गरेको छ । उसले पनि बैसाखको बेस रेटमा जेठ १ गते कर्जाको ब्याज दर समायोजन गर्ने उल्लेख गरेको छ ।

बैंक अफ काठमाण्डुले बचतको ब्याज दर ४ देखि ५.५ प्रतिशत तोकेर आधार दर ८.७४ मा ०.५० देखि ५ प्रतिशतसम्म जोडेर कर्जा पाईने छ । अरु बैंकको तुलनामा बैंक अफ काठमाण्डुले सस्तोमा कर्जा प्रबाह गर्नसक्छ । उसले पनि बैसाखको आधार दरमा जेठ १ गतेदेखि कर्जाको ब्याज दर समायोजन गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here