सरकारले कोरोना भाईरस महामारीका कारण बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति अनिश्चितकालीका लागि बन्द गरेको छ ।

उच्चस्तरीय समितिको बिहबिारको निर्णय अनुसार बैदेशिक रोजगारीमा जानेहरुलाई दिईदै आएको श्रम स्वीकृति फागुन २९ गतेदेखि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बैदेशिक रोजगार बिभागले जनाएको छ ।

विदेश जान काठमाडौ तथा शहरी क्षेत्रमा आउने भीड नियन्त्रण गर्न यसबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपालीहरु रोजगारीका लागि जाने मुलुकहरु कतार लगायतका स्थानमा कोरोना संक्रमण बढेको र कतिपय देशले यात्राका लागि अनुमति दिने काम समेत बन्द गरेको अबस्थामा सरकारले बैदेशिक रोजगारीको स्वीकृति बन्द गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here