मुक्तिनाथ विकास बैंकको चार लाख तीन हजार २२० कित्ता हकप्रद शेयर, छिमेकि लघुवित्तको १८ लाख कित्ता बोनस शेयर र फस्र्ट माइक्रोफाइनान्सको ११ लाख ६३ हजार ४६९ कित्ता गरि कुल ३३ लाख ६६ हजार ६८९ कित्ता शेयर धितोपत्र बजारमा सुचिकृत भएको छ ।

मुक्तिनाथ विकास बैंकको बाहौँ बार्षिक साधारणसभाले पारित गरे बमोजिम १०ः२ को अनुपातमा निष्काशन गरिएको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद शेयर मध्ये चार लाख तीन हजार २२० कित्तामा कुनै आवेदन नपरेकाले गत भदौ १२ गते देखि असोज १५ सम्म बोलकबोल बढावढ मार्फत विक्रि खुल्ला गरि आवेदन माग गरिएको थियो ।
उक्त संस्थापक समुह तर्फ एक लाख दुई हजार ५१६ कित्ता र सर्वसाधारण समुह तर्फ तीन लाख ७०३ कित्ता हकप्रद शेयर हाल आएर मात्र दोस्रो बजारमा कारोबार गर्न योग्य भएको छ ।

बैंकले १३ औं बार्षिक साधारणसभा गत मंसिर ३० गते सम्पन्न गरेको छ । साधारण सभाले १७.६० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजन ०.९३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । उक्त १७.६० प्रतिशत बोनस शेयरमा भने प्रतिकित्ता २६५ रुपैयाँका दरले मुल्य समायोजन भएको छ ।
बोनस र हकप्रद पछि बैंकको चुक्ता पुँजी ४ अर्ब ३२ करोड भन्दा बढि हुनेछ ।

छिमेकि लधुवित्तको १८ लाख कित्ता बोनस शेयर पनि धितोपत्र बजारमा सुचिकृत भएको छ ।

लधुवित्तको १८ औं बार्षिक साधारणसभा पनि गत मंसिर ३० गते सम्पन्न भएको छ ।
साधारण सभाले २७.११८६ प्रतिशत बोनस शेयर र १७.२१६८ प्रतिशत नगद लाभांश गरि कुल ४४.३३५४ प्रतिशत लाभांश पारित गरेको छ ।

उक्त २७ प्रतिशत बोनस शेयरमा ७७३ रुपैयाँका दरले मुल्य समायोजन भएको छ । बोनस शेयर वितरण पश्चात संस्थाको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।

त्यस्तै अर्को लधुवित्त फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको १७ प्रतिशत बराबरको ११ लाख ६३ हजार ५६९ कित्ता शेयर पनि धितोपत्र बजारमा सुचिकृत भएको छ ।

संस्थाको साधारण सभाभने गत असोज २८ गते सम्पन्न भएको थियो । साधारण सभाले १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त १७ प्रतिशत बोनस शेयरमा भने प्रतिकित्ता ३२१ रुपैयाँका दरले मुल्य समायोजन भएको छ ।

हाल संस्थको चुक्ता पुँजी ८० करोड ७ लाख भन्दा वढि कायम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here