केही ब्रोकरहरुको पहलमा एउटा डिक्याट खाताबाट एउटा ब्रोकरमा मात्र कारोबार गर्न मिल्ने ब्यवस्था लागु गरिएपछि ब्रोकरहरुबीचमै झगडा चर्किएको छ ।

शेयर बजारमा कारोबार गर्दै आएका केही ठूला लगानीकर्तालाई आफुमा मात्र सिमित गर्ने नियतले केही ब्रोकरले नेप्सेलाई प्रभावमा पारेर एउटा लगानीकर्ताको हितग्राही खाताबाट एउटा मात्र ब्रोेकरमा कारोबार गर्न मिल्ने बनाईएपछि त्यसको मार लगानीकर्तामा परेको छ । एउटा डिम्याट खाता धेरै ब्रोकरको कारोबार खातामा आबद्ध भएकोले कतिपय लगानीकर्ताले यससाता भरि नै कारोबारबाट बंचित हुनु परेको छ । कतिपयको अनलाईन प्रणालीमा खरिद आदेश प्रबिष्ट नहुने, कतिपयको बिक्री आदेश प्रबिष्ट नहुने र कतिपयको युजरआईडी र पासवर्ड सही हुँदाहुँदै पनि लगईन नहुने जस्ता समस्या देखिएका छन् ।

एउटा डिम्याट खाताबाट एउटा मात्र ब्रोकरमा कारोबार गर्न मिल्ने बनाईएकोमा लगानीकर्ताबाट ब्यापक विरोध आउनुका साथै ब्रोकरबीचमै झगडा परेपछि अहिले एउटा डिम्याट खाता आबद्ध गरी धेरै वटा ब्रोकरबाट किन्न मिल्ने तर बेच्न भने तोकिएको एउटा मात्र ब्रोकरबाट मिल्ने अनौठो नियम लागु गर्न खोजिएको छ । “सिंगल डिम्याट खाता मल्टि ब्रोकर म्यापिड” हुने हो भने किन्न मिले जस्तै बेच्न पनि छनौटको विकल्प हुनुपर्ने हो । एउटै ब्रोकरबाट मात्र बेच्न मिल्ने प्रणाली बनाउनुको पछाडि आफुबाट किनिएको शेयर अरु ब्रोकरबाट लगानीकर्ताले नबेचुन भन्ने नियतले काम गरेको प्रष्ट देखिन्छ । लगानीकर्ताले पैसा तिरेर किनेको शेयर आफुले चाहेको ब्रोकरबाट बेच्न पाउनु उसको नैसर्गिक अधिकार हो ।

कुनै ब्रोकरलाई कुनै पनि कारणले कारोबार गर्नबाट बन्देज लाग्यो भने त्यसको मार त्यहाँबाट किनबेच गर्ने लगानीकर्ता हुनु नपरोस भनी प्रभावकारी ब्यवस्था गर्नु एकदम जरुरी देखिएको छ । यसतर्फ नेपाल धितोपत्र बोर्डको भुमिका एकदम महत्वपूर्ण छ । लगानीकर्ताको हित संरक्षण्मा नेप्सेको भुमिका संदिग्ध हुनु हुन्न ।

लगानीकर्ताको अस्विकृति हुँदाहुँदै  सिंगल डिम्याट सिंगल ब्रोकरको कारोबार खाताको नियम लगाईएकोमा अहिले ब्रोकरहरुको झगडा मिलाउँन एउटै डिम्याट प्रयोग गरी खोलिएका कारोबार खातामार्फत किन्न भने सबै ब्रोकरबाट मिल्ने बनाउँन खोजिएको छ । यसका लागि ब्रोकरहरुको एक प्राविधिक समिति गठन गरी कारोबार ब्यवस्थापन प्रणाली (टीएमएस) मा परिवर्तन गरिदै गरेको जानकारी प्राप्त भएको छ ।

प्रणालीमा भएको सुधारपछि हितग्राही खातामा नभएको शेयर अनलाईन र अफलाईन दुबै प्रक्रियाले बेच्न नपाईने नियम लागु भएकोमा त्यसको सकारात्मक प्रभाव बजारमा परेको छ । यसलाई कडाईका साथ लागु गरी ब्रोकरको बदमासी र क्लोज आउटको समस्या समाधान भएको छ तर केही ब्रोकरहरु अफलाईनबाट शेयर बेच्दा डिम्याट अनिबार्य जाँच हुने ब्यवस्था हटाउँने प्रयासमा लागेका छन् । केही ब्रोकरले अनिबार्य डिम्याट जाँचको टीएमएसको ब्यवस्था निस्क्रिय पारी बिहीबार शेयर बेचेको हुनसक्ने आशंका बढेको छ ।

फितलो नियमन र एउटा प्राईभेट कम्पनीको जिम्मामा पुरै प्रणाली रहेकाले शेयर बजारमा ब्रोकरले मनलाग्दी गर्नसक्ने संभावना बढेको छ । लगानीकर्ता भने संगठित र आफ्नो हक अधिकारप्रति जागरुक नरहेकाले खेल मैदानको भकुण्डो जस्तै बनिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here