हितग्राही खातामा शेयर नभई बिक्रीमा राख्न नमिल्ने नियम लागु हुँदा बजारमा खेल गर्ने र आपुर्तिको बाढी लगाउने ब्रोकरहरु भने खुत्रुक्कै परेका छन् ।

आफ्नो खातामा शेयर नभए पनि बिक्री गरेर सेटलमेन्टको समय समेत सारी बजारलाई समस्या पारिएपछि नेपाल धितोपत्र बोर्डले कडा नियम लगाएको छ । आज किनेर अनेक हल्ला गरी मूल्य उचालेर भोलि शेयर बेच्नेहरु नयाँ नियमबाट आहत बनेका छन् । ब्रोकरले अफलाईन कारोबार गरी शेयर बिक्री गर्दा पनि डिम्याट खातामा शेयर नभएमा बेच्न नमिल्ने बनाईएको हुँदा आपुर्तिमा अंकुश लागेको छ ।

पहिले लगानीकर्ताको लागि अनलाईनबाट शेयर बिक्री गर्दा मात्र डिम्याट जाँचको ब्यवस्था रहेकोमा अहिले भने धितोपत्र बोर्डले अफलाईनबाट ब्रोकरले बेच्दा पनि जाँच अनिबार्य गरेको छ ।

आफुसँग हुँदै नभएको शेयर बिक्रीमा देखाएर आपुर्तिको बाढी ल्याउने र सर्बसाधारणलाई तसाई मूल्य झार्ने प्रयास पनि अब हुने छैन ।

अनलाईन वा अफलाईनबाट शेयर बिक्रीको आदेश राख्नासाथ सम्बन्धित लगानीकर्ताको हितग्राही खातामा शेयर छैन भने सर्ट सेल ईज नट अलाउड भनेर संदेश आउँछ र आदेश पुरा हुन सक्दैन ।

अब ब्रोकरले लगानीकर्ताको हितग्राही खातामा शेयर नपठाई बिक्री गर्न नसकिने भएको छ । बिक्री गरिएको शेयर अनिबार्य रुपमा ईडिआईएसबाट मात्र हस्तान्तरण गर्न मिल्ने भएकाले लगानीकर्ताको शेयर जथाभावी बिक्री गर्ने प्रबृत्तिमा पनि रोक लागेको छ ।

आफसँग पैसा भए मात्र शेयर किन्ने र चार दिनसम्म कुरेर खातामा शेयर आएपछि मात्रबिक्री गर्न सकिने भएकाले बजारलाई स्वच्छ बनाउन सहयोग पुग्नसक्छ । यसले बजारमा रहेको अधिक आपुर्तिको समस्यालाई पनि नियन्त्रण गर्नसक्छ।

क्लोज आउटमा परेर ठगिदै आएका सर्बसाधारण लगानीकर्तालाई पनि यसबाट ठ्रलो राहत भएको छ ।

सक्षम ब्रोकरले विस्वासमा दिने लिमिट लिएर कारोबार गर्नेहरुले भने अरु सुविधा पाउनसक्ने अबस्था छ । त्यसैले ब्रोकर र लगानीकर्तावीच विस्वासिलो सम्बन्ध आबश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here