काठमाडौ । पर्यटकीय क्षेत्र चितवनको सौराहा र कसरा घुमेर अब रमणीय शहर पोखरा जान चाहने पर्यटकहरुलाई सुबिधा पुर्याउने गरी सिधा हवाई सम्पर्क हुने भएको छ ।

काठमाडौँसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल यही भदौ ३० गतेदेखि पोखरासँग पनि सिधा उडानले जोडिने निश्चित भएको छ । यसो हुँदा मुगलिन नारायणगढको पहिरो र जामबाट आजित पर्यटक र हवाई यात्रुहरुले राहत पाउने छन् ।

नेपालको हवाई क्षेत्रमा उदाहरणीय काम गर्दै आएको बुद्ध एयरले पोखरा–भरतपुर उडान गर्ने जिम्मा लिएको छ । बुद्धको १८ सिटे बिमानले बिहान १० बजे पोखराबाट र साढे १० बजे भरतपुरबाट उडान भर्नेछ । पोखरा देखि भरतपुरसम्मको एकतर्फी भाडादर तीन हजार ६०० तोकिएको छ ।

चितवनमा पर्वत, बाग्लुड., म्याग्दीबाट बसाई सराई गरी आएकाहरुको पनि ठूलो संख्या रहेकाले बिदेशी पर्यटकका साथै स्वदेशी यात्रुलाई पनि बिमान सेबाले सघाउ पुरयाउने आशा गरिएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here