भाटभटेनी सहित पाँच कम्पनीलाई नक्कली भ्याट बिलकाृे प्रयोग प्रकरणमा सर्वोच्च अदालतले दोषि ठहर गरेको छ ।
सर्वोच्च अदालतले १० वर्षअघिको कर छलीको मुद्धाको किनारा लगाउँदै भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न ५ कम्पनीले नक्कली भ्याट बिल बनाई कर छली गरेको फैसला सुनाएको हो ।
व्यापारी र राजश्व अनुसन्धानले हालेको मुद्धाको पुस २८ गते सोमबार एकैसाथ राखेर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले पाँचै कम्पनीले कर छलेको ठहर गरेको हो ।
भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स प्रालि लगायत आइटी प्रालि, अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स, शङ्कर अक्सिजन ग्यास प्रालि र बानियाँ स्टोर्स एण्ड फमले नक्कली भ्याट बिल प्रयोग गरेको ठहर भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here