भारतमा कोरोना संक्रमण तीब्र भएपछि १९ राज्यमा पूर्ण रुपमा अत्याबश्यक सेवा बाहेक अन्य ठप्प पारी जनतालाई घरैमा बस्न अपील गरिएको छ । आईतबार लगाईएको जनता कर्फ्युको कारणले मात्रै कोरोना नियन्त्रणमा सघाउ नपुगेपछि ३१ मार्चसम्मको लकडाउन गरिएको हो ।

यसमा दिल्ली, पश्चिम बंगालसहित १९ं राज्यहरु सामेल छन् भने बाँकी राज्यका कयौं जिल्लामा लकडाउन गरिएको छ । रेललगायतका सबै यातायात बन्द गरिएको छ ।

भारतमा अहिलेसम्म कोरोनाबाट ४०० जना संक्रमित छन् भने सात जनाको मृत्यु भईसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here