नेपालको संसदले संविधानमा संशोधन गरी भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भुभाग समेटेर जारी गरेको नक्सालाई ऐतिहासिक राष्ट्रिय एकताका साथ औपचारिक रुपमा राष्ट्रिय मान्यता दिएको छ ।

प्रतिनिधिसभाको जेठ ३१ गते बसेको प्रतिनिधिसभाको बैठकलेक कानूनमन्त्री शिवमायाँ तुम्बाहाम्फेद्धारा प्रस्तुत संविधान संशोधन प्रस्ताब सर्बसम्मतिले पारित गरेको हो ।

बैठकमा२ सय ५८ जना साँसदहरुको उपस्थिति रहेकोमा सबैले एकमतका साथ संविधान संशोधनको पक्षमा मतदान गरेको थिए ।

संबिधान संशोधन गरी अनुसूचीमा नेपालको निशान छापमा देशको नयाँ चच्चे नक्शांकनसहितको निशान छाप राखिएको हो ।

यस अघि मन्त्रिपरिषदले नेपालको नयाँ नक्सा जारी गर्दै भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भुभागलाई नेपालको नयाँ नक्सामा समेटेर जारी गरेको थियो ।

संसदमा सबै राजनीतिक पार्टीहरुले संबिधान संशोधन प्रस्तावलाई पूर्ण समर्थन गरी मतदानद्धारा पारित गरिएको हो ।

यसअघि संविधान संशोधन प्रस्ताबमाथि छलफल गर्दै साँसदहरुले नक्सामा समाबेश गरिएको भारतद्धारा मिचिएको भुभाग कुटनीतिक वार्ताबाट फिर्ता ल्याउन सरकारलाई सुझाव दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here