नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले मर्जरको प्रकृयामा रहेका तिनाउ र मिसन डेभलपमेन्ट बैंकसंग मर्जरमा जाने सम्झौता गरेको छ ।

यसअघि नै मर्जर सम्झौता गरेका तिनाउ र मिसन डेभलपमेन्ट बैंक गाभिएपछि बन्ने तिनाउ मिसन डेभलपमेन्ट बैंकमा नेपाल कम्युनिटि डेभलपमेन्ट बैंक पनि गाभिने गरी मंगलबार बैंकहरु विच मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झौता भएको छ ।

जेठ ७ गते बैंकहरुविच एक आपसमा गाभ्ने तथा गाभिने सम्झौता भएपछि नेपाल स्टक एक्सचेञ्जले बुधबारबाट नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकको पनि शेयर कारोबार रोक्का गरेको छ । तिनाउ र मिशन डेभलपमेन्ट बैंकको भने गत चैत ४ गते देखि नै शेयर कारोबार रोक्का भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here