महालक्ष्मी विकाश बैंकले सत्रौं बार्षिक साधारणसभा आब्हान गरेको छ । बैंकले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्न असोज २६ गते साधारण सभा बोलाएको हो ।

साधारण सभाको लागि बैंकले शेयरधनीहरुलाई अल इन वान क्राउन बैंङ्क्वेट मिनभवनमा बिहान ११ बजे बोलाएको छ । साधारण सभाबाट बैंकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

साधारणसभा प्रयोजनको लागि बैंकले असोज १४ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । असोज १३ गतेसम्म कायम शेयरधनीले मात्र बैंकले वितरण गर्ने लाभांश पाउनेछन ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड रहेको छ । उसले गत आर्थिक बर्षमा ५६ करोड ११ लाख खुद नाफा गरेर प्रतिशेयर आम्दानि २१ रुपैयाँ ३१ पैसा कायम गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here