काठमाडौँ । माथिल्लो कर्णाली जलविद्युत् आयोजना ओगटेर लगानी जुटाउन आनाकानी गर्दै आएको भारतीय कम्पनी ग्रान्धी माल्लिाकार्जुन राव (जिएमआर)लाई फेरि पनि म्याद थपेर राष्ट्रघात गर्न सरकार उद्यत होला ? जीएमआरले पटक पटक म्याद थपेर पनि लगानी जुटाउन नसकी फेरि म्याद थपको निबेदन दिएपछि यस्तो प्रश्न उठेको हो ।

जीएमआरले हालसम्म लगानी जुटाउन नसकेको भन्दै लगानी बोर्डमा म्याद थपका लागि आवेदन दिएको छ ।

परियोजना विकास सम्झौता (पीडीए) भएको तीन वर्षसम्म पनि लगानी जुटाउन नसक्ने भारतीय कम्पनीलाई पटक पटक म्याद थप्नु नहुने आवाज उठेको छ ।

सरकारले सो आयोजनाको म्याद अघिल्लै साल एक वर्ष थप गरेको थियो । जीएमआरले एकातिर भारतले बिजुली नकिनेको बहाना गरेको छ भने अर्को तर्फ बित्तीय ब्यवस्थापन गर्न नसकेको भन्दै नेपाली अधिकारीहरुलाई गोलचक्करमा पार्ने प्रयास गरिरहेको छ । यत्ति ठूलो आयोजना एउटा भारतीय कम्पनीको हातमा दिएर बर्षौसम्म झुलाईरहने प्रबृत्तिप्रति नेपालीहरुमा आक्रोश सिर्जना हुँदै गएको छ ।

नौ सय मेगावाटको आयोजना बनाउन नेपाल सरकार र भारतीय कम्पनी जीएमआरबीच सन् २०१४ मा सम्झौता भएको थियो ।

माथिल्लो कर्णाली जीएमआरलाई दिईएको बिषयमा पहिलेदेखि नै कर्णालीका जनताले बिरोध गर्दै आएका छन् । हजारौ मेगाबाट बिजुली उत्पादन गर्न सकिने बहुआयामिक आयोजनालाई भारतीय कम्पनीको जिम्मा आउनु र पटक पटक म्याद थप्नुले सरकारी अधिकारीहरुको नियतमै खोट देखाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here