पूँजी बजारलाई उत्साहित पार्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको बेला नेपाल धितोपत्र बोर्डले पनि आफ्नो बार्षिक नीति तथा कार्यक्रम साउन ४ गते आईतबार सार्वजनिक गर्ने भएको छ ।

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको पहिलो नीति तथा कार्यक्रम भएकाले उहाँले पूँजी बजारलाई कसरी अगाडि बढाउँन खोज्नु भएको छ भन्ने कुरा यो नीति तथा कार्यक्रमबाट स्पष्ट हुने छ । बोर्डले विगतदेखि निरन्तर रुपमा उठाउँदै आएका कुराहरुका साथै नयाँ कार्यक्रमहरु समाबेश गर्ने अपेक्षा गरिएको छ ।

यसमा खासगरी नेपाल स्टक एक्सचेन्जमा विदेशी रणनीतिक साझेदारी, सीडीएससीको कामलाई विबेकिन्द्रत गर्ने गरी अलग सेटलमेन्ट कम्पनी र शेयर किनिएकै दिन राफसाफ, सीडीएससीको संरचनागत सुधार गरी सबै लगानीकर्ताहरुको ग्राहक पहिचान विवरण एकै ठाउँमा संत्रक्रमण तथा वितरण ब्यवस्था जस्ता कुराहरु बोर्डले आफ्नो नीति तथा कार्यक्रममा समाबेश गर्नसक्ने संभावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here