तिलक कोइराला ।

कोरोना संक्रमण रोक्न सरकारले ४५ दिनदेखि देशब्यापी लकडाउन गरे पनि पर्याप्त सुरक्षा सावधानी अपनाएर संक्रमण फैलिएका ठाउँबाट अन्यत्र जाने आउने आवागमन नरोक्दा जोखिमको स्तर बढेको छ ।

बीरगंजमा थपिए १७ जना कोरोना संक्रमित

सरकारले देशभर लकडाउन जेठ ५ गतेसम्म लम्ब्याएपछि सर्बत्र आलोचना

भारतीय सीमा हुँदै छिरेका नेपाली तथा विदेशीहरुमार्फत तराईमा संक्रमण फैलिएमनेमा प्रभावित क्षेत्रबाट राजधानी काठमाडौ र पहाडी जिल्लाहरुमा जानेहरुलाई पूर्ण प्रतिबन्ध नलगाईदा संक्रमण फैलिने संभावना बढेको हो । पछिल्लो समय भारतमा संक्रमण दर बढेको र सीमा नियमन राम्रोसँग नहुँदा लुकेर संक्रमितहरु नेपाल छिर्ने संभावना रहेको हुँदा तराई क्षेत्रमा बढी सावधानी आवश्यक भएको हो ।

नेपाल भारत खुला सिमाका कारण हजारौ ब्यक्तिहरु लुकिछिपी नेपाल प्रबेश गरेकोमा उनीहरुको पर्याप्त र विस्वसनिय जाँच नहुँदा जोखिमको अबस्था मापन गर्न नसकिएको देखिन्छ । उनीहरुबाट थप नेपालीहरुमा कोरोना संक्रमण हुन नदिन तराईमै पनि अति कडा लकडाउन गर्नु र पहाडतर्फ जानेहरुलाई रोक्नु अति आबश्यक हुन गएको छ । तराईका प्रभावित जिल्लाबाट राजधानी काठमाडौ र पहाडी जिल्लाहरुमा आवत जावत चालु राख्नु असावधानीबश जोखिम बढाउनु हो ।

झापादेखि ईलाम जाने मार्ग, ईटहरीबाट धरान धनकुटा जाने मार्ग, सिरहा र सप्तरीबाट उदयपुर, खोटाड. जाने मार्र्ग, महोत्तरीको बर्दिबासदेखि सिन्धुली तर्फ जाने मार्ग, सर्लाहीबाट बागमति हुँदै रौतहट र चन्द्रनिगाहपुर, बाराको पथलैया, हेटौडा हुँदै भीमफेदी, काठमाडौ र नारायणगढ जाने मार्ग, नारायणगढदेखि पश्चिम र काठमाडौ, पोखरा जाने मार्ग, चितवनको मगुलिन, बुटवलदेखि सिद्धबाबा हुँदै पाल्पा र पश्चिम जाने मार्ग, भालुबाड.देखि दाड् र रोल्पा जाने मार्ग, नेपालगंजबाट सुर्खेत र कर्णाली जाने मार्ग, घनगढीबाट पहाडी जिल्लाहरु जाने मार्ग, कपिल्बस्तुबाट पहाडतर्फ जाने मार्ग, कन्चनपुरबाट बैतडी, डडेल्धुरातर्फ जाने मार्ग, दार्चुलाबाट अन्य जिल्ला जाने मार्गमा आवात जावतमा पूर्ण प्रतिबन्ध नलगाउने हो भने संक्रमण पहाडी जिल्लातर्फ सर्नसक्ने संभावना छ । ती नाकाहरुमा एम्बुलेन्समा विरामी र उनका सहयोगी बाहेक कुनै पनि मानवीय आवत जावत बन्द गरिनुपर्ने आबश्यकता खटकिएको छ । कतिपय एम्बुलेन्समा बिरामी बनेर शंकाष्पद ब्यक्तिहरु आवत जावत गर्ने गरेको पाईएकाले त्यस्ता गतिविधिमा पनि निगारनी हुनु पर्ने देखिएको छ । तराईका जिल्लाहरुमा लकडाउनको उल्लंघनका घटना भएको र नेपालगंजमा कफ्र्यु तोड्न प्रहरमिाथि नै आक्रमण भएको घटनाले अबस्थाको संबेदनशिलता स्पष्ट गर्दछ ।

अहिले झापा, उदयपुर, बिराटनगर, जनकपुर, बीरगंज, भैरहवा, नेपालगंज, दार्चुला बढी जोखिमपूर्ण क्षेत्रको रुपमा देखिएका छन्् । तराईका जिल्लाहरुमा लकडाउन अति कडा बनाएर पहाडी जिल्लाहरुमा आर्थिक गतिविधि खुकुलो पार्र्नुपर्नेमा ४५ दिन हुँदासमेत सरकारले सही ढंगले काम गर्न सकेको छैन भने लकडाउनको प्रभावकारी अनुगमन पनि भएको पाईदैन । दुई दिन अघिसम्म नागढुंगा नाकाबाट सयौं सवारी साधनमा तराईबाट आएका हजारौ ब्यक्तिहरु राजधानी प्रबेश गर्न दिईनुले जोखिमको मात्रा अरु बढाईदिएको छ । तराईका जिल्लाबाट एम्बुलेन्समा विरामी ल्याउने बाहेकका गतिबिधिमा रोक लगाउनुपर्ने आबश्यकता छ । तर आवाज जावत अति पातलो रहेका र हालसम्म संक्रमण नरहेका जिल्लाहरुमा मानवीय कृयाकलाप खुकुलो पार्नुपर्ने आबश्यकता खटकिएको छ ।

सरकारले जेठ ५ गतेसम्म लडकडाउन जारी राख्ने निर्णय गरिसकेको अबस्थामा संक्रमण नदेखिएका पहाडी तथा हिाली जिल्लाहरुमा पर्र्याप्त सावधानी अपनाएर अत्याबश्यक सेवा, खाद्य सामाग्री, स्थानीयस्तरमा उत्पादित ृकृषि उपज बिक्री वितरण र साना आर्थिक गतिबिधिहरु गर्न छुट दिने नीति अख्तियार गर्नुपर्छ भने संक्रमण देखिएका र शंकाष्पद जिल्लाहरुमा लकडाउन अरु कडा बनाएर तीब्र रुपमा विस्वसनिय जाँच गर्न नेपाली सेना समेत परिचालन गर्नुपर्ने आबश्यकता देखिएको छ । पहाडी तथा हिमाली जिल्लाहरुमा सार्वजनिक सवारी साधन संचालनमा भने अझै रोक लगाउने र कुनै पनि भीडभाड हुने गतिबिधि गर्न नदिने रणनीति अख्तियार गर्नुपर्छ । सुरक्षा निकायले ग्रिन, यल्लो र रेड जोन भनी अबर्गीकरण गरेका जिल्लाहरुमा सोही अनुसारका कृयाकलापहरु सावधानीपुर्बक गर्न छुट दिई अर्थतन्त्रलाई पनि बिस्तारै चलायमान बनाउनुको विकल्प छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here