युनाइटेड इन्स्योरेन्सले बिक्री गर्न लागेको हकप्रदमा क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस् नेपालले औसतभन्दा कमजोर आधार जनाउने ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ।

इन्स्योरेन्सले चुक्ता पूँजीको २४० प्रतिशत अर्थात १ सय रुपैयाँ अंकित दरमा ७२ करोड ५७ लाख ६० हजार रूपैयाँ बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

हाल इन्सयोरेन्स कम्पनीको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ छ । बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन कम्पनीले हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद बिक्रीपछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २ करोड ८१ लाख रुपैयाँ पुग्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here