नेपाल राष्ट्र बैंकमा आजदेखि एकै पटक पाँच जना कार्यकारी निर्देशकको पद खाली भएको छ । पाँच जना मध्ये एक जना गत सातादेखि नै विदा बसेका छन् भने चार जनाले आजदेखि विदा लिएका छन् ।

कार्यकारी निर्देशकहरु मध्ये जनक अधिकारीले गत साता नै विदा लिईसकेका हुन् । आजदेखि विदा लिएकाहरुमा झलक आचार्य, भीष्म ढुंगाना, नारायण पौडेल र नरबहादुर थापा रहेका छन् ।

पाँच जना कार्यकारी निर्देशकले एकै पटक अवकाश पाउन लागेको यो पहिलो पटक भएको बुझिएको छ । अनिवार्य अवकाशका कारण यस्तो अवस्था आएको हो । अवकाश हुनु एक महिना अघि नै विदा बस्नु पर्ने प्रावधानका कारण उनीहरुले विदा लिएकाले उनीहरुको ठाउँमा आन्तरिक बढुवाबाट पदपूर्ति गर्न कम्तिमा एक महिनाको समय लाग्ने छ ।

एकै पटक पाँच पाँच वटा महत्वपूर्ण पद खाली हुँदा राष्ट्र बैंकको काममा समेत असर पुग्ने संभावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here