नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७७,०७८ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।
सरकारले ल्याएको नयाँ बजेटको लक्ष्य हाँसिल गर्न राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको हो ।
गभर्नर डा. महाप्रसाद अधिकारीले आफ्नै कार्य कक्षबाट नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत नयाँ मौद्रिक नीति सार्वजनिक गर्नु भएको हो ।
बैंक तथा बित्तीय संस्थाले १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा अनिबार्य रुपमा प्रबाह गर्नुपर्ने ब्यवस्था मिलाईएको छ । शेयर कर्जा धितोको सिमा ७० प्रतिशत पुर्याईएको छ भने १८० दिनको औसत मूल्यको सट्टा १२० दिनको औसत मूल्यमा कर्जा प्राप्त हुने ब्यवस्था मिलाईएको छ ।
प्रत्यक्ष प्रसारण यहाँ हेर्नुहोस