राष्ट्र बैंकले यस बर्षका लागि आफ्नो मौद्रिक नीति आज सार्वजनिक गर्दैछ ।

गभर्नर महाप्रसाद अधिकारीले आज अपरान्ह ३ बजे आफ्नै कार्य कक्षबाट नेपाल टेलिभिजनको प्रत्यक्षप्रसारण मार्फत मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रहेको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ मौद्रिक नीतिमा असार मसान्तसम्मको कर्जाको सावाँ ब्याज तिर्ने समय असोज मसान्तसम्म सार्ने, बैंक तथा बित्तीय संस्थाहरुलाई आपसमा गाभ्न र गाभिन प्रोत्साहित गर्ने, मार्जिन कर्जाको सिमा बढाउने, पुनरकर्जा वितरण ब्यवस्थित गर्ने, डिबेन्चर मार्केट शुरु गर्ने लगायतका बिशेषहरु रहने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here