नेपाल राष्ट्र बैंकले कोरोना संक्रमणबाट अर्थतन्त्रलाई बचाउँन बिशेष राहत प्याकेज घोषणा गरेको छ ।

राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्था र लघुवित्तहरुका लागि निर्देशन जारी गर्दै ऋणीहरुलाई कर्जा तथा सावाँको ब्याज बुझाउने त्रैमाशिक सिमा चैत्र मसान्तको सट्टा आउँदो असरा मसान्त कायम गरेको छ । त्यस यता ऋणीले सावाँ तथा ब्याज नबुझाएमा कुनै प्रकारको हर्जाना वा शुल्क लिन पाउने छैनन् ।

चैत्र मसान्तसम्ममा बक्यौता ब्याज बुझाएमा १० प्रतिशत छुट पाईने ब्यवस्था गरिएको छ ।

चैत्र मसान्तसम्म नबीकरण गरिसक्नु पर्ने कर्जामा पनि बैंकले कडाई गर्न नपाउने र त्यस्तो कर्जालाई सुक्ष्म निगरानीमा राख्नु नपर्ने ब्यवस्था गरिएको छ । कसैले कर्जा नतिरेकोमा त्यसलाई प्रोभिजन समेत गर्न नपर्ने भएको छ ।

त्यस्तै राष्ट्र बैंकले लागु गरेको काउन्टर साईक्लिकल बफरलाई स्थगित गरेको छ । यसबाट १३ प्रतिशत पूँजी कोष कायम नगरेका बाणिज्य बैंकहरु लाभान्वित हुने छन् ।

बैंकहरुको अनिबार्य नगद मौज्दात घटाएर ३ प्रतिशत कायम गरिएको छ । यसबाट लगानीयोग्य रकम धेरै उपलब्ध हुनेछ ।

होटल र अटो क्षेत्रलाई बिशेष महत्व दिदै राष्ट्र बैंकले उनीहरुलाई कर्जामा सहुलियत र सोव शुल्कमा छुट दिएको छ ।

यस्ता छन् राष्ट्र बैंकका प्याकेज

राहत प्याकेज हेर्न यहाँ क्लिक गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here