सरकारले लकडाउनको अवधि बढाएर जेठ ५ सम्म पुर्याएपछि बैसाख २८ गतेदेखि शेयर बजार खुला गर्ने तयारीमा रहेकाहरु अलमलमा परेका छन् । लकडाउन थपिएसँगै नेप्सेले पटक पटक गरी बैसाख २५ गतेसम्म शेयर बजार बन्द गरेको छ ।

नेपाल स्टक एक्सचेन्जले अनलाइृन प्रयोगकर्ताहरुका लागि मात्रै भए पनि शेयर बजार खोल्ने भन्दै ब्रोकरहरुलाई तयारी अबस्थामा बस्न भनिसकेको थियो भने धितोपत्र बोर्ड पनि बजार खोल्नपर्ने पक्षमा उभिएको थियो तर सरकारले बैसाख २४ गते निर्णय गरेर जेठ ५ गतेसम्म लकडाउनलाई निरनतरता दिएकाले बजार खोल्ने योजना अन्योलग्रस्त बनेको हो ।

बजार खोल्ने योजना अनुसार केही शेयर दलालले पछिल्लोपल्ट कारोबार भएको राफसाफमा लागि तत्काल पैसा जम्मा नगरे बेसाख २८ गतेसम्मको ब्याज हिसाब गनैृ भन्दै लगानकिर्ताहरुलाई ताकेता पनि गरिसकेका थिए ।

हाल जारी लकडाउन अनुसारकै कडाई रहे राजधानीमा रहेका नेप्से, सीडीएससी, ब्रोकर, बैंक, क्यापिटल लगायतका कार्यालयका कर्मचारीहरुको आवात जावत नै अबरुद्ध हुने भएकाले तत्काल शेयर बजार खोल्ने योजनाबाट निमायकहरु पछि हट्ने संकेत देखिएको छ ।

शेयर बजारमा अनलाईन कारोबार प्रणाली प्रभावकारी नभएको, बैंक र हितग्राह िखाता ईन्टिग्रेट भईनसकेकाले कारोबारको सेटलमेन्टमा बाधा पर्ने अबस्था छ भने खरिदकर्ता र बिक्रीकर्ताहरुको स्वतन्त्र र पर्याप्त उपस्थिति नहुँदा बजारमा म्यानुपुलेशनको खतरा पनि उत्तिकै देखिन्छ । सहज कारोबार हुन नसक्ने अबस्थामा शेयर बजार खोलन नहुने मत पनि लगानीकर्तामा बलियो रहेकाो पाईन्छ तर निमायक र केही लगानीकर्ताहरु अन्र्तरािष्ट्रय दबाब समेत जोडेर बजार खोल्नुपर्ने बताईरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here