लक्ष्मी बैंकको ९ लाख ५ हजार कित्ता संस्थापक शेयर साधारणमा परिवर्तन भएको छ । नेपाल स्टक एक्सचेञ्जले कम्पनीमा संस्थापकको ५१ प्रतिशत र सर्बसाधारणको ४९ प्रतिशत शेयर स्वामीत्व कायम हुने गरी संस्थापक शेयरलाई साधारणमा परीवर्तन गरेको हो ।

 

बैंकले संस्थापक शेयरलाई साधारणनमा परिवर्तन गर्न धितोपत्र बोर्डबाट २०७५ माघ १७ गते र नेपाल राष्ट्र बैंकबाट २०७४ कार्तिक १५ गते र कम्पनी रजिस्ट्रारको कार्यलयबाट २०७५ चैत १२ गते स्वीकृति पाएको थियो ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड पाँच लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब १७ करोड रुपैयाँ राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here