नेपाल धितोपत्र बोड्र्रले पूँजी बजार सुधार तथा बिस्तारका लागि लगानीकर्ताहरुलाई आश्वस्त हुन आग्रह गर्दै सोमबारदेखि धितोपत्रको दोस्रो बजार पुनः संचालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ ।

बोर्डले लकडाउनको तीन महिनाको अवधिमा लगानीकर्ताको माग बमोजिमका केही सुधारका कामहरु भएको विवरण प्रस्तुत गर्दै बाँकी कामहरु पनि गर्दै जाने प्रतिबद्धताका साथ बजार खोल्ने निर्णय गरेको हो ।

बोर्डले पूँजीगत लाभकर ब्यक्तिगत लगानीकर्ताहरुका लागि अन्तिम भएको आन्तरिक राजश्व विभागको स्पष्टिकरण, अनलाईन कारोबार प्रणालीमा सुधार, नागरिक स्टक डिलर शेयर बजारमा आउने सुनिश्तिता, बुक बिल्डिड. प्रणाली कार्यान्वयन , ब्रोकर कमिशन घटाउने गृहकार्य लगायतका कामहरुलाई उपलब्धिको रुपमा ब्याख्या गरेको छ ।

बजार खोल्ने बोर्डको निर्णय यस्तो छः

बोर्डले अनलाईन तथा अफलाईन कारोबारु गर्दा हितग्राही खातामा भएको शेयर मात्र बिक्री गर्न पाउन र बिक्री गरिएको शेयर अनिबार्य रुपमा ईडिआईएस मार्फत हस्तान्तरण गर्नुपर्ने नियमलाई कडाईका साथ लागु गर्ने भएको छ । यसो हुँदा यसअघि जस्तै खातामा नभएको शेयर पनि बेचेर बजारमा आपुर्ति बढाउने र क्लोज आउटको नाममा लगानीकर्ता रुवाउने काम नहुने र लगानीकर्तालाई राहत पुग्ने आशा गर्न सकिन्छ ।

बिद्युतीय रुपमा रकम हस्तान्तरणको ब्यवस्था भएकाले लगानीकर्ताले घेरैमा बसेर मेरो शेयर, कनेक्ट आईएस र अरु बिद्युतीय माध्यमबाट राफसाफ गराउँन सक्नेछन् । ब्रोकर कार्यालयमा भीड गर्न नपाईने र डिस्प्ले समेत बन्द हुने भएकाले घरैमा बसेर लगानीकर्ताले सहज रुपमा कारोबारमा सहभागी हुनुको विकल्प छैन ।

सूचकमा ६ प्रतिशत र कम्पनीको शेयरमा १० प्रतिशत तलमाथिको सर्किट ब्रेक तथा कारोबार समयका बारेमा निर्णय गर्न भने बोर्डले नेप्सेलाई अधिकार दिएको छ ।

लगानीकर्ताहरुले पूँजी बजार मैत्री नीति, नियम, पुर्वाधार र प्रविधिको सही बन्दोबस्ती गरी अब कहिल्यै बजार बन्द नहुने गरी कदम चाल्न धितोपत्र बोर्डलाई आग्रह गरेका थिए । आफ्ना मागहरु पुरा गर्न बहानाबाजी भए आन्दोलनमा उत्रिने शेयर लगानीकर्ता दबाब समूहले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here