देशमा लघुवित्तहरुको संख्या आवश्यकता भन्दा बढी भईरहेको र सानाखाले लघुवित्तहरुले ब्यावसाय विस्तार गर्न नसकिरहेको बेला लघुवित्त कम्पनीहरुबीच पनि मर्जर शुरु भएको छ । नागबेली लघुवित्त, मिर्मिरे लघुवित्त र किसान लघुवित्तले मर्ज हुने सहमति गरेका छन् ।

 

विश्वस्त सूत्रका अनुसार सुदूर पूर्वको झापामा प्रधान कार्यालय रहेको नागबेली लघुवित्त वित्तीय संस्था, काभ्रेमा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था र सुदूर पश्चिमको कैलालीमा प्रधान कार्यालय रहेको किसान लघुवित्त वित्तीय संस्थाबीच मर्जको सहमति भएको हो । राष्ट्रिय स्तरको लघुवित्त कम्पनी बन्ने उद्धेश्यले यिनीहरु मर्जमा जान लागेका हुन् ।

नागबेलीको चुक्ता पूंजी हाल १६ करोड ७६ लाख ७९ लाख रुपैयाँ रहेको छ भने मिर्मिरेको चुक्ता पूंजी १३ करोड ११ लाख ९९ हजार रुपैयाँ रहेको छ । यस्तै किसान माइक्रोको चुक्ता पूंजी ८ करोड ९७ लाख ९७ हजार रुपैयाँ रहेको छ । तीन वटाबीच मर्ज भएपछि चुक्ता पूंजी ३८ करोड ८६ लाख रुपैयाँ भन्दा माथि पुग्ने छ । जसबाट उनीहरुलाई राष्ट्रिय स्तरको लघुवित्त बन्नका लागि सहज हुने छ ।

देशको सुदूर पूर्व, मध्य र सुदूर पश्चिमलाई आधार बनाएर काम गर्दै आएका लघुवित्तहरुबीचको मर्जर पछि उनीहरुको कार्य क्षेत्र पनि एकै पटकमा देशब्यापी बन्ने छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here