भर्खरै साधारण शेयर निष्काशन गरेको लिबर्टी हाईड्रोले राष्ट्रिय प्रसारण लाइनमा आगामी चैत महिनाबाट २५ मेगावाट बिजुली थपिन लागेको छ ।

लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण सकिने भएसँगै यस आयोजनाबाट २५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको हो।

विसं २०७१ असोजबाट निर्माण थालिएको सो आयोजना आगामी चैत्र मसान्तसम्म व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम तीव्र भइरहेको छ ।

लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजनाको निर्माण हालसम्म ९७ प्रतिशत सम्पन्न भइसकको छ। विद्युत्गृहमा उपकरण जडान गर्ने, सिभिल निर्माण गर्ने काम बाँकी रहेको आयोजनाले जनाएको छ। बाँध क्षेत्र निर्माण, विद्युत्गृह, इलेक्ट्रोमेकानिकललगायतको काम केही प्रतिशत मात्र गर्न बाँकी रहेको छ।

२०७२ सालको विनाशकारी भुुकम्पपछि आयोजनाको काम बढ्दा लागत पनि ६७ करोड ६० लाखभन्दा बढी लाग्ने अनुमान आयोजनाको रहेको छ। तीन अर्ब ९६ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल रु चार अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले जनाएको छ। आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख रुपैयाँ लाग्ने कम्पनीको अनुमान छ।

आयोजनाको काम बढ्दा लागत पनि ६७ करोड ६० लाखभन्दा बढी लाग्ने अनुमान आयोजनाको रहेको छ। तीन अर्ब ९६ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल रु चार अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले जनाएको छ। आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख रुपैयाँ लाग्ने अनुमान गरिएकोछ।

यस आयोजनाको बिजुली हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिबर्टी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता भएको छ। जिल्लामा यस आयोजनासहित दोर्दी करिडोरमा मात्र पाँच आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्। यी सबै आयोजनाको निर्माणपश्चात् वार्षिक करोडौँको बिजुली उत्पादन हुने भएको छ।

यस आयोजनाले मङ्गलबारदेखि आयोजना प्रभावित र जिल्लावासीका लागि १५ करोड रुपैयाँबराबरको साधारण शेयरसमेत खुला गरेको छ। एक हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म शेयर हाल्न पाउने र आगामी चैत ३० गतेसम्म खुला रहने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here