नेपालले आफ्नो भुभाग लिम्पियाधुरासहित समेटेर संशोधित नक्सा जारी गरेपछि भारतसँग टकरावको अबस्था सिर्जना भएको छ ।

भारतले आफ्नो हेपाहा प्रबृत्ति देखाउँदै बर्षौदेखि हडपेको नेपाली भुमी फिर्ता गर्नुको सट्टा उल्टै धम्कीको भाषा प्रयोग गरेकाले आगामी दिनहरुमा नेपालमा कठोर रणनीति अबलम्बन गर्नुपर्ने आबश्यकता देखिएको हो ।

नेपालको भूमी ब्यवस्था मन्त्रालयले जेठ ७ गते कालाजानी, लिपुलेक र लिम्पियाधुरासहितको संशोधित नक्सा औपचारिक रुपमा जारी गरेको थियो ।

सन् १८१६ मार्च ४ मा तत्कालीन इस्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धिमा कालीनदी र त्योभन्दा पूर्वको भूभाग नेपालको हुने उल्लेख भए अनुसार नेपालले आफ्नो भमी समेटिएको नक्सा जारी गरेको हो। भारतले ष्षडयन्त्रपूर्ण रुपमा लिपुलेकनजिकबाट बग्ने लिपु खोलालाई कालीनदीको मुहान दाबी गर्दै त्यसभन्दा पश्चिमको भूभाग कब्जा गर्दै आएको थियो। भारतले कालापानीमा २०१८ सालमा भारत–चीन युद्धको बेलादेखि भारतीय सेनाको क्याम्प खडा गरेर बसेकोमा नेपालले त्यहाँबाट भारतीय सैनिकलाई हटाउँन दबाब सिर्जना गरेको छ । अतिक्रमित नेपाली भुभाग हुँदै भारतले सडक निर्माण गरेर उद्घाटन गरेपछि नेपालले कडा रणनीति अख्तियार गर्न थालेको हो । त्यसैको प्रतिबादमा लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरिएको हो ।

संशोधधित नक्सा अब सबै सरकारी दस्तावेज एवं पाठ्यपुस्तकमा संशोधित नक्सा प्रयोगमा आउने छन् ।

उता भारतले भने नेपालले एकतर्फी रुपमा नयाँ नक्सा जारी गरेको आरोप लगाएर त्यसलाई अश्वीकार गर्ने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले एकतर्फी रुपमा नक्सा सार्वजनिक गरेको भन्दै त्यसमा भारतीय भुमी परेको दावी गरिएको छ ।

भारतले वार्ताको वातावरण बनाउँन र कुटनीतिक माध्यमबाट समाधान खोज्ने कुरा भने अश्वीकार गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here