लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म  ७ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले गत वर्षको यसै त्रैमाससम्म ७ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद बिमा शुल्क गत वर्षको यसै अवधि भन्दा १४.८२ प्रतिशतले घटेको छ । गत वर्ष ३६ करोड ८३ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको कम्पनीले यो वर्ष ३१ करोड ३७ लाख मात्र आर्जन गरेको छ ।

कम्पनीले बिमा कोषको आकार २२.०८ प्रतिशतले बढाएर ५८ करोड ९ लाख रुपैयाँ बनाएको छ । गत वर्ष कम्पनीको बिमा कोषमा ४७ करोड ५८ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको महाविपत्ती जगेडा कोषमा ५ करोड ३८ लाख रुपैयाँ छुट्याएको छ । हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड रुपैयाँ छ, भने जगेडा कोषमा २६ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

लुम्बिनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ७९ पैसा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here