नेपाल सरकारले विदेशी बिमान सेवाहरुलाई त्रिभुवन मिानस्थलमा अवतरण तथा उडान गर्न थप १५ दिन प्रतिबन्ध लगाएको छ ।

सरकारले चैत्र १० गतेदेखि अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेकोमा त्यसलाई बैसाख १८ सम्म लम्ब्याएको हो । विदेशी विमानहरु खाली आएर नेपालबाट यात्रु लिएर जान भने सक्ने भएका छन् ।

कोरोना नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठकले संक्रमण रोक्न उडान प्रतिबन्धको अवधि थपेको हो ।

नेपाल एयरलाईन्सले अहिले यहाँबाट विदेशीहरुलाई सम्बन्धित देशमा पुर्याउने काम गरिरहेको छ भने विदेशी वायूसेवाहरुले पनि खाली आएर आफ्ना देशका नागरिक लगिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here