शेयर लगानी डटकम र मेरो लगानी डटकमबीच गत जेठ १४ गते भएको आपसी मर्जर सम्झौता भंग भएको छ ।

शेयर स्वाप र अन्य केही बिषयहरु मिल्न नसक्दा मर्जर सम्झौता भाद्र ३१ गते भंग भएको हो ।

मर्जर सम्झौतासँगै मेरोलगानी डटकमको प्रधान सम्पादक हुनु भएका तिलक कोईरालाले पदबाट राजीनामा दिनु भएको छ ।

पूँजी बजार र आम लगानीकर्ताको हितमा सशक्त आर्थिक पोर्टल बनाउने उद्धेश्यका साथ गरिएको मर्जर सम्झौता टूंगोमा पुग्न नसक्दा हामी आफै धेरै दुखित छौ । यसमा आन्तरिक र बाह्य पक्षहरुको भुमिका कति रह्यो भन्ने बारेमा विवेचनाका आफ्नै पाटाहरु हुनसक्छन् ।

मर्जर सम्झौता टुंगोमा नपुगेपछि शेयरलगानी डटकम फेरि पूर्ववत अवस्थामा चालु हुने छ । यसबीचको झण्डै चार महिनामा पाठक तथा दर्शकका बीचमा शेयर लगानी डटकमले सम्पर्क गुमाउँदा भएको क्षतिको लागि हामी क्षमा माग्दछौ र आगामी दिनमा त्यसको क्षतिपुर्ति गर्ने गरी समग्र पूँजी बजार र लगानीकर्ताको हितमा सशक्त ढंगले क्रियाशील हुने प्रतिबद्धता ब्यक्त गर्दछौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here