सरकारले नयाँ बर्ष २०७६ देखि हरेक नेपाली एक बैंक खाता खोल्ने अभियान शुरु गरेको छ ।

सरकारले ‘समृद्धिसँग जोडौँ नाता -सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ अभियान शुरु भएको जनाएको छ ।

सरकारले सबै नेपाली नागरिकको बैंक खाता खोल्ने अभियान नै चलाउने भएको छ । चालु आर्थिक बर्षको बजेटमा ब्यवस्था भए अनुसार जनतामा बित्तीय साक्षरता बढाई सबै आर्थिक कारोवार बैंक खातामार्फत गर्ने गराउने कार्यका लागि बैंक खाता खोल्ने अभियान शुरु गरिएको हो ।

सरकारले २८ वटै वाणिज्य बैंकमार्फत बैंक खाता खोल्ने ब्यवस्था मिलाएको छ । बैंकहरुले नयाँ खाता खोल्नेलाई एक सय सामाजिक उत्तरदायित्वअन्तर्गत सित्तैमा उपलब्ध गराउने भएका छन् ।

बैंक खाता खोल्दा कुनै पनि शुल्क तिर्नु नपर्ने मात्रै हैन, बैंकले नै त्यस्ता खातावालालाई एक सय रुपैयाँ खातामा राखिदिने छन् ।

नेपालीको जनसङ्ख्या करीब दुई करोड ९० लाख रहेकोमा
बैंक तथा वित्तीय संस्थामा दुई करोड ६८ लाख खाता खुलेका छन् । यसमा कतिपय दोहोरोपना छ भने कतिपय नेपालीका खाता नै छैन ।

निजी क्षेत्रका आक्रामक रुपमा कारोबार बिस्तार गरिरहेका बैंकहरु एनआइसिएशिया, प्रभु बैंक, ग्लोबल आइएमई बैंकलगायतले हरेक नेपालीको खाता खोल्ने अभियान शुरु गरिसकेका छन् ।

एनआइसिएशियाले ‘एक नेपाली एक डिम्याट खाता’ कार्यक्रम पनि अगाडि बढाएको छ ।

नयाँ खाताका लागि नागरिकताको प्रमाणपत्र, राहदानी, फोटोसहितको मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटोसहितको सिफारिस वा पहिचान पत्रबाट पनि सजिलै बैंक खाता खोल्न सकिने ब्यवस्था गरिएको छ ।

सरकारले हरेक नेपालीको बैंक खाता खोल्ने र त्यसमा एकसय रुपैयाँ जम्मा हुने ब्यवबस्था कार्यान्वयनमा ल्याए पनि दोहोरोपना हटाउँने बारेमा भने स्पष्ट पारिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here