शेयर बजारमा मूल्य झर्ने क्रमले कतिपय राम्रा कम्पनीको शेयर आईपीओकै हाराहारीमा झर्दा लगानीकर्ताले खरिद गर्न डराएका छन् ।

कोरोना भाईरस नेपालमा संक्रमण भए कस्तो असर पर्ला भन्ने अन्योलले लगानीकर्ताको मनोबल कमजोर बनेको छ र यसै कारण शेयरको भाउ लगातार गिरिरहेको छ । यस्तो बेला लगानीका लागि भने सुनौलो अवसर सिर्जना भएको देखिन्छ किनभने राम्रा तर सस्ता शेयरहरु छानी छानी किनेर दीर्घकालीन लगानी गर्न सकिन्छ, जसमा लाभांशका साथै पूँजीगत लाभ पनि उत्तिकै हुनसक्छ ।

शेयर बजारमा कारोबार रकम खस्किएर एक अर्ब १८ करोडमा झरेको छ, यो गत साताको औसत दैनिक कारोबार भन्दा आधा कम हो । शेयरको मूल्य झर्ने क्रम अघिल्लो दिन भन्दा थोरै कम भयो तर बुधबार १६.२६ अंकले नेप्से तल आर्य १२५५.८० विन्दुमा अडियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here