सत्ताधारी नेकपा भित्र बिकशित भएको पछिल्लो घटनाक्रमले देशको पूँजी बजारमा कस्तो असर पार्ला ? लगानीकर्ताको मनोबललाई अरु उकास्ला कि निराश बनाउला ? यी प्रश्नमा केही विवेचना गरौं ।

सरकार गठनदेखि नै पूँजी बजारप्रति अनुदार नीति तथा ब्यवहार प्रदर्शन गर्दै आएको ओली सरकार र त्यसका अर्थमन्त्रीको पद धरापमा परेको सूचना बाहिरिदा शेयर लगानीकर्ता आशावादी बन्नसक्ने संभावना देखिएको छ ।

नेकपा स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीले पार्टी अभ्यक्षसहित दुबै पदबाट राजीनामा दिनुपर्ने माग बहुमत सदस्यबाट उठिसकेको छ ।

ओली सरकारले जसरी राष्ट्रिय अन्य मामिलाहरुमा हठ गरेर अगाडि बढ्यो, त्यस्तै हठ पूँजी बजार विकास, बिस्तार र सुधारलाई रोक्ने प्रक्रियामा प्रदर्शन गर्दा शेयर लगानीकर्ताहरुमा सरकारप्रतिको नकारात्मक छाप परेकै छ । प्रधानमन्त्री ओलीका अति विस्वास पात्र डा. युवराज खतिवडा अर्थमन्त्रीबाट हटेको अबस्थामा पूँजी बजार बिकास, विस्तार र सुधारको काम छिटो हुनसक्छ भन्ने धारणा कतिपयको छ ।

बहुमत प्राप्त र स्थिर सरकार बन्यो भने पूँजी बजार पनि राम्रो हुन्छ भन्ने सोचाई फेल खाएको अबस्थामा सरकार र अर्थमन्त्री परिवर्तनबाट लगानीकर्ताले धेरै आशा गर्नु स्वभाविक नै छ किनभने ओली सरकार र त्यसका अर्थमन्त्रीले पूँजी बजारका सवालमा गर्न सक्ने सामान्य कामहरु पनि नगरेर उल्टै ब्यवधान सिर्जना गरे । लगानीकर्ताको ब्यापक दबाबपछि पछिल्लो समयमा केही सुधारका कामहरु गर्न बाध्य भए पनि त्यो पर्याप्त हुन सकेको छैन ।

अर्थमन्त्री खतिवडा पछिल्लोपल्ट ६ महिनाका लागि अर्थमन्त्री बनेकोमा उनको म्याद यही भदौ १९ गते सकिनेमा सरकारमाथि आएको संकटले झन् अनिश्चित बनाईदिएको छ ।

हठी प्रधानमन्त्री र अर्थमन्त्री परिवर्तनको कुराले लगानीकर्तामा थप आशा जगायो भने त्यसलाई सुखद मान्नुपर्छ तर सत्ताधारी नफुटोस भन्ने आम जन चाहना पनि उत्तिकै बलियो छ । ओली र खतिवडा दुबै आफै सुधारिने अध्याय समाप्त भईसकेको छ भने नयाँ आउनेबाट आशा गर्नु पनि स्वभाविक हुनजान्छ । जनताले पात्र र प्रबृत्तिको परिवर्तन मात्र चाहेका छन्, जसले राजनीतिक सुझबुझबाट पूँजी बजार लगायतका अर्थतन्त्रका समस्याहरुको शीघ्र समाधान गर्न सकुन् ।

समझदार राजनीतिक नेतृत्व आयो भने त्रसित बनेका बर्गहरुले समेत पूँजी बजारमा लगानी बढाएमा परिवर्तनको ठूलो आभाष हुनसक्छ किनभने बजारका लागि आबश्यक अन्य कुराहरु सकारात्मक बन्दै गएका छन् । तरलता, ब्याजदर कटौति, पाँच प्रतिशत अन्तिम कर, नागरिक स्टक डिलर, लगानीका अन्य क्षेत्रमा भएको संकुचन र अरु कुराहरुले पूँजी बजारलाई आड दिएकै छ ।पूँजी बजारमा अन्य कुराहरुका साथसाथै लगानीकर्ताको मनोवलमा हुन परिवर्तनले पनि ठूलो असर छाडछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here