शेयर बजारमा फेरि प्राथमिक निश्काशन अर्थात आईपीओको लहर शुरु भएको छ ।

बीमा क्षेत्रकै सबैभन्दा ठूलो नेपाल पुनर्बिमा कम्पनीले एक ६० करोडको र एनआर्यसी एशिया लघुवित्तले लघुवित्त क्षेत्रकै ठूलो आईपीओ बिक्री सकेर दोस्रो बजारमा सूचीकरण गरी लगानीकर्ताको आकर्षणसहित कारोबार समेत भईरहेको बेला अरु नयाँ कम्पनीहरुले पनि धमाधम आईपीओ ल्याउँदैछन् ।

साधना लघुवित्तको साढे ६ लाख कित्ता आईपीओ बिक्री सकिनासाथ अजोड ईन्स्योरेन्सले ३० लाख कित्ता आईपीओ सोमबारसम्म बिक्री गर्दैछ ।

माउन्टेन ईनर्जीले ३९ लाख कित्ता आईपीओ बिक्री ल्याउने स्वीकृति पाईसकेकाले उसले चाँडै नै बिक्री खोल्दैछ ।

धितोपत्र बोर्डमा स्वीकृतिको पखाईमा रहेका १५ कम्पनी मध्ये जनरल ईन्योरेन्स, आईएमई जनरल ईन्स्योरेन्स, सानिमा जनरल ईन्स्योरेन्स, रिलायन्स लाईफ, चन्द्रागिरी हिल्स, ईमर्जिड. नेपाल, सीबीआईएल क्यापिटल लगायतका करोडौ कित्ताका आईपीओहरु निकै महत्वपूर्ण छन् । मध्य भोटेकोशी हाईड्रोको एक अर्ब ५० करोड रुपैया बराबरको आईपीओ लगायतका अरु हाईड्रोहरु पनि शेयर बिक्रीको स्वीकृतिको पखाईमा छन् ।

जीवन र निर्जिवन बीमाका १२ वटा कम्पनीहरुले आईपीओ बिक्री नसक्दै नेपाल पुर्वाधार बिकास बैंकले आठ अर्बको आईपीओ सर्बसाधारणमा ल्याउने गरी धितोपत्र बोर्डमा निवेदन दिने संभावना छ ।

अबका दिनमा हरेक साता कुनै न कुनै कम्पनीको आईपीओमा लगानी गर्ने अवसर लगानीकर्ताले पाउनसक्छन् । आबेदकहरुको बढ्दो संख्या हेर्दा हाईड्रो बाहेकका आईपीओ ४० लाख कित्ता भन्दा कम संस्थामा बिक्रीमा आएको अबस्थामा १० कित्ता भन्दा बढी आवेदन गर्नु बेकार हुने देखिएको छ । कम्पनीको अबस्था र माग र आपुर्तिमा पर्ने असर मुल्यांकन गरी लगानी सम्बन्धी निर्णय गर्ने अधिकार सम्बन्धित लगानीकर्ता कै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here