शेयर बजारमा तीन पटक सर्किट ब्रेक लगाउँदा पनि शेयरको मूल्य बढ्ने क्रम नरोकिएपछि आज दिनभरका लागि कारोबार बन्द भएको छ ।

शेयर बजारमा शेयर किन्ने लगानीकर्ताको ओईरो लागेपछि प्रायः सबै कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

अनिबार्य डिम्याट जाँचका कारण चार दिन यता किनेका शेयर बिक्री गर्न नमिल्ने भएपछि आपुर्ति नियन्त्रण हुन गई मुल्य बढेको हो ।

पहिले ४, त्यसपछि ५ र अन्तिममा ६ प्रतिशतले सूचक बढेपछि आजका लागि कारोबार बन्द भएको हो ।

तीन पटक सर्किट लागेर पनि शेयरको मूल्य उल्लेखनीय रुपमा बढ्ने क्रम नरोकिएपछि सूचकमा ६.०६ प्रतिशत अर्थात ७२.०२ ले बढेर १२६०.७२ अंकमा पुगेपछि शेयर कारोबार आजका लागि बन्द भएको हो ।

बजार बन्द हुनु अघि  १ बजेसम्ममा २२ करोड ७२ लाख रुपैयाँ बराबरको किनबेच भएको नेप्सेको वेवसाईटमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here