साताको तेस्रो दिन मंगलबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । सो दिन नेप्से परीसुचक ४.४२ अंकले बढेर १३१२.१४ विन्दुमा पुगेको छ ।

मंगलबार नेपाल बैंकको उच्च कारोबार हुँदा समग्र कारोबार रकम ८१ करोड ४४ लाख रुपैयाँ पुगेको छ । सो दिन नेपाल बैंकको सबैभन्दा बढि ८ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो भने शिवम सिमेन्टको ६ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

मंगलबारको बजारमा हाइड्रोपावर कम्पनीहरुको शेयरमा लगानीकर्ताको बढि हाकर्षण देखिएको छ । सो दिन बुटवल पावरको शेयरमुल्य बढ्नुका साथै ५ करोड ५ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो भने अपर तामाकोशिको ४ करोड ९६ लाख र सानिमा माई हाइड्रोपावरको ४ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

कारोबारमा आएका १२ वटा समुहमध्य ३ वटा समुहको सुचक नकारात्मक देखिए भने बाँकि ९ वटा समुहको सुचक सकारात्मक देखिएका छन । सो दिन हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको बढि आकर्षण देखिदा हाइड्रोपावर समुह सबैभन्दा बढि ६४ अंक अर्थात ५.३४ प्रतिशतले बढेको छ ।

मंगलबार मल्टीप्रपोज फाइनान्स, अपर तामाकोशि, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स र सपोर्ट माइक्रोपाइनान्सको शेयरमुल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै राधि हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, स्पर्श लघुवित्त, युनाइटेड मोदि हाइड्रोपावर र सानिमा माइ हाइड्रोपावरको शेयरमुल्य पनि उल्लेख्य रुपले बढेको छ ।

सो दिन समिट लघुवित्तको शेयरमुल्य सबैभन्दा धेरै ४१ अंक अर्थांत ७ प्रतिशतभन्दा धेरैले घटेको छ । त्यस्तै सिन्धु विकाश बैंक, घलेम्दी हाइड्रो, हिमालयन डिस्टीलरी र मिथिला लघुवित्तको शेयरमुल्य पनि उल्लेख्य रुपले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here