शेयर बजारमा यो साताको लगातार तीन दिन शेयर मूल्यमा बढोत्तरी भएपछि चौथो दिन शेयर मूल्यमा तीब्र गिरावट आई नकारात्मक सर्किट लागेर बजार बीचमै बन्द भएको छ ।

लगातार मूल्य बढेपछि बिक्रेताहरु आउनु र महंगो मूल्य हालेर किन्न चाहनेहरु पछि हट्नुले बजारमा गिरावट आउनुलाई सामान्य रुपमा लिनुपर्छ ।

मूल्य धेरै बढ्दा सस्तोमा किनिएको शेयर बेचेर नाफा गर्ने र मूल्य घट्दा सस्तोमा शेयर किन्ने मौकालाई सदुपयोग गर्नुपर्छ । बढ्दा मात्तिने र घट्दा आँत्तिने बानी एकदम हानिकारक छ ।मूल्य माथि जाँदा बेच्न र तल आउँदा राम्रा कम्पनीको शेयर किन्न चुकियो भने पछुताउनु भने पर्छ ।

बिहीबार अघिल्ला दिनहरुमा धेरै प्रतिशतले मूल्य बढेका अधिकांश कम्पनीहरुको शेयरमा बिक्री चाप थियो । नाफा सुरक्षित गर्नेहरु बजारमा सक्रिय हुँदा बजारमा करेक्शन आएको हो ।

नेप्सेको प्रणाली र टीएमएसमा केही प्राविधिक गडबडी पनि भएकाले लगानीकर्ताले सहज कारोबार गर्न नपाई हैरानी ब्यहोरेका छन् ।

तीन पटक सर्किट लागेर अपरान्ह एक बजे अगाडि नै बन्द भएको बजारमा ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्से सूचकमा ६.०२ प्रतिशत अर्थात ८०.४१ अंकले गिरावट आउँदा १२५६.११ विन्दुमा ओर्लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here