साताको दोस्रो दिन शेयर बजारमा १ अर्ब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । शिवम सिमेन्ट र नेपाल बैंकको धेरै कित्ता शेयर कारोबार हुदा ५ वटा साना कम्पनीको शेयर मुल्य उच्च रुपले बढेर नयाँ उचाइमा पुगेको छ ।सो दिन शिवम सिमेन्टको मात्रै २५ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो भने नेपाल बैंकको पनि २३ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । त्यस्तै हिमालयन डिस्टीलरीको ८ करोड भन्दा बढिको शेयर कारोबार भयो भने बुटवल पावर, नेपाल दुरसञ्चार कम्पनी, प्राइम बैंक, अपर तामाकोशि, कृषि विकाश बैंक, प्रभु बैंक र मेगा बैंक पनि उच्च कारोबार गर्ने १० कम्पनी भित्र परेका छन ।

सोमबार कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमुल्य सबैभन्दा बढि झण्डै १० प्रतिशतले बढ्यो भने मल्टिप्रपोज फाइनान्स, सिन्धु विकाश बैंक, बेष्ट फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको शेयरमुल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

केहिदिनदेखि लगातार झण्डै १० प्रतिशतले बढिरहेको शिवम सिमेन्को शेयरमुल्यमा भने सोमबार गिरावट आएको छ । सोमबार शिवम सिमेन्को शेयरमुल्य ५.४० प्रतिशत अर्थात ३४ अंकले तल झरेको छ । सो दिन पाँचथर पावर कम्पनीको शेयरमुल्य सबैभन्दा बढि ७.७६ प्रतिशतले घट्यो भने मिथिला लघुवित्तको शेयरमुल्य पनि ७.२५ प्रतिशतले घटेको छ ।

सोमबार कारोबारमा आएका १२ वटा समुहमध्य २ वटा समुह सकारात्मक देखिए भने बाँकि १० वटा समुह नकारात्मक देखिएका छन । सो दिन निर्जिवन बीमा समुहको शेयरमुल्य सबैभन्दा बढि ११९.२५ अंकले घट्यो भने जीवन बीमा समुह ८५.४४, उत्पादन तथा प्रशोधन समुह ५२.६९, विकास बैंक समुह २०.३५, वित्त समुह १९.९६, लघुवित्त समुह १६.८२, बैंकिङ्ग समुह ७२७, होटल समुह ४.५८ र म्युचुअल फण्ड समूह ०.१९ अंकले घटेको छ ।

सोमबार धेरै कम्पनीहरुको शेयरमुल्यमा उतारचढाव आउँदा नेप्से परीसुचक ९.१३ अंकले घटेर १३०७.७१ बिन्दुमा झरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here