शेयर बजारमा बुधबार १ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नयाँ सचना प्रवाह भएका कम्पनीहरुको कारोबार बढ्दा समग्र कारोबार रकम बढेर १ अर्ब ३३ करोड रुपैयाँ पुगेको हो ।

मंगलबार पाटन उच्च अदालतले नेपाल क्रेडिट एण्ड कमर्श बैकको सबै मुद्दा खरेज गर्दै बैंकलाई साधारणसभा र लाभांश वितरणको बाटो खोलिदिएपछि बुधबार बैंकको शेयरमा लगानीकर्ताको बढि आकर्षण देखिएको छ । बैंकले १ अर्ब रुपैयाँ बराबरको बोनश वितरण गरी चुक्ता पुँजी पुर्याउनुपर्ने बाध्यता रहेकोले पनि उच्च प्रतिफलको आशमा लगानीकर्ताहरु एनसीसी बैंकको शेयरमा झुम्एिका हुन । त्यस्तै बुधबार नै साधारणसभा आब्हान गरेको प्राइम कमर्शियल बैंकको शेयरमा पनि लगानीकर्ताको बढि आकर्षण देखिएको छ । 

बुधबार एनसीसी बैंकको सबैभन्दा बढि १४ करोड रुपैयाँ बराबरको कारोबार भयो भने नेपाल बैंक र शिवम सिमेन्टको पनि १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । बुधबार अधिकतम कारोबार गर्ने १० कम्पनीमध्य ६ वटा बाणिज्य बैंकहरु रहेका छन ।

केहि दिन देखि लगातार झण्डै १० प्रतिशतले शेयरमुल्य बढिरहेको शिवम सिमेन्टको शेयर मुल्यमा भने बुधबार गिरावट आएको छ । सो दिन शिवम सिमेन्को शेयरमुल्य ४ प्रतिशत अर्थात २६ अंकले घटेर ५२० रुपैयाँमा झरेको छ ।

बुधबारको बजारमा नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकका शेयरधनीहरुले सबैभन्दा बढि झण्डै ८ प्रतिशतले कमाए भने हिमालयन डिस्टीलरीका शेयरधनीहरुले सबैभन्दा बढि ६ प्रतिशतले गुमाए ।

कारोबारमा आएका १२ समुहमध्य छ वटा समुह सकारात्मक देखिए भने बाँकि ५ वटा समुह नकारात्मक देखिएका छन । सो दिन विकाश बैंक समुह सबैभन्दा बढि २५ अंकले बढेको छ भने उत्वादनमुलक समुह झण्डै ६० अंकले घटेको छ ।

बुधबार केहि कम्पनीहरुको शेयरमुल्य बढ्दा समग्र नेप्सेमा सामान्य सुधार देखिएको छ । बुधबार नेप्से परीसुचक ५.५५ अंकले बढेर १३२१ विन्दुमा पुगेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here